नेपाली युवाउद्यमी मञ्चले क्यानाडा स्थित वेस्र्टन विश्व विद्यालयको आईभि बिजनेश स्कुलका विद्यार्थी द्धारा संचालित ‘लिडर प्रोजेक्ट’ को सातौ पटक आयोजना सम्पन्न गरेको छ । सो दुई हप्ता लामो कार्यक्रम अप्रिल १ देखि अप्रिल ३०, २०२१ सम्मभएको थियो । कार्यक्रममा ३१जनाको सहभागिता रहेको थियो । सो कार्यक्रमको उद्धेश्य अनुरुप बिजनेश ट्रेनिङ्ग मार्पmत आर्थिक बिकासमा सघाउनु हो । ‘लिडर प्रोजेक्ट’ मा संलग्न सबै निर्देशकहरु, विश्व प्रसिद्ध बिजनेश स्कुल, आईभिको बिशिष्ट प्रकारले केस स्टडिज पढाउने ट्रेनिङ्ग पाएका र सो कार्यक्रममा प्रयोग गरिएका पाठ्यक्रमहरु र्वल्डक्लास रहेको जनाइएको छ । आईभि बिजनेश स्कुलले अन्र्तराष्ट्रिय स्तरमा नेपाल लगायत अन्य सात वटा ठाँउहरुमा आप्mना विद्यार्थीहरु ‘लिडर प्रोजेक्ट’ मार्पmत निर्देशकका रुपमा पठाउने गरेको कुरा कार्यक्रमका आयोजक समितिका सभापति सहारा जोशीले बताउनु भयो ।
दुई हप्ताको ‘लिडर प्रोजेक्ट’ को अन्तिम चरणमा, कार्यक्रमका सहभागीहरुले आप्mनो बिजनेश योजनाहरु, एक भव्यप्यानलको अगाडि प्रस्तुत गर्नुभयो । सो प्यानलमा उद्योग बिषेशज्ञहरु, उद्यमीहरु र ‘लिडर प्रोजेक्ट’ का एल्मनि सदस्यहरुको संलग्नताथियो । प्यानलका जज हरुमा आईभि बिशिष्ट स्कट मीखालास्की र उद्यमी निरज कर्माचार्य रहेकाथिए ।
आयोजक नेपाल युवाउद्यमी मञ्च, नेपालका युवाउद्यमीहरु संस्था हो । उद्यमशिलतामा सकारात्मक सोच ल्याउने उद्धेश्य सहित सदस्यतामा आधारित रहेको यो एउटा गैर नाफा अन्र्तगत पर्ने संस्थाहो । नेपाली युवा माँझ विभिन्न कार्यक्रमहरु जस्तै आईडिया एक्सचेन्ज, फेलोसिप, ट्रेनिङ्ग, एडभोकेसि, आदिद्वारा उद्यमी र उद्यमशिलताको रचनागर्ने उद्धेश्य यस संस्थाको रहेको छ । यो मञ्चको स्थापना नेपाल उद्योग बाणिज्य संघबाट सेपटेम्बर २६, २००३ मा भएको हो ।
नेपाल युवा उद्यमी मञ्चको , यो बर्षको ‘लिडर प्रोजेक्ट’ का प्रायोजक एन.आइ.शि एशिया बैकं रहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८