असोज १९ । पार्किङ क्षेत्रबाट धावनमार्गतर्फ जाने क्रममा घाँसे मैदानमा धसिएको श्री एयरलाइन्सको जहाजलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ ।
विमानस्थलका कर्मचारीहरुले गल, गैंती लगायतका उपकरण प्रयोग गरी धसिएको पाङ्ग्रालाई माथि उठाएर बाहिर निकाल्ने प्रयासमा जुटेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।
नाइन एन एएनएफ कलसाइनको क्यू ४००–८ जहाज काठमाडौंबाट नेपालगञ्ज जाने क्रममा थियो । सो जहाज मंगलबार बिहान ९ बजेर ३३ मिनेटमा धावनमार्गमा जाने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँस क्षेत्रमा फसेको थियो ।
सो जहाजमा यात्रुहरुलाई अर्को जहाजमा पठाउने तयारी छ । सो जहाजमा चालक दलका चार सदस्यसहित ८० जना सवार थिए ।
जहाजमा कुनै क्षति भएको छैन । सो जहाज धावनमार्गमा नभएकाले उडान भने सञ्चालन भइरहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८