पुस १ । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण गते भोली शुक्रबार बाट नेपालको सुदूर पश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसका कारण सुदूर पश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू भाग हरूमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाको भनाइ छ ।
साथै सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीका कारण आगामी दिनहरूमा तापक्रममा समेत गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको छ। आउँदो शनिवार साँझबाट क्रमश: मौसममा बिस्तारै सुधार हुँदै जाने देखिन्छ।
यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउनु महाशाखाको अनुरोध छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८