• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Wed, 29, Jun, 2022
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

नेपाल र भारतबीच सहयोग अभिवृद्धि सम्बन्धी ६ वटा समझदारीपत्रमा हस्ताक्षर

टुडे दैनिक संवाददाताMay 17, 2022 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

जेठ ३ ।  नेपाल र भारतबीच हिजो सोमबार शिक्षा तथा जलस्रोत क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने सम्बन्धी ६ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपाल र भारतबीच लुम्बिनीमा ती समझदारीपत्रमा हस्ताक्षर भएको हो। देउवा र मोदीबीचको द्विपक्षीय भेटवार्तालगत्तै ती समझदारी पत्रमा हस्ताक्षर भएको हो।

यी हुनु ६ समझदारीपत्रः

पहिलोः

लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आईसीसीआर) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। त्यहाँ बौद्ध बिषय अध्यापनका लागि ‘डा. अम्बेडकर चेयर’ स्थापना गरिनेछ। ‘अम्बेडकर चेयर’ को व्यबस्था बमोजिम बौद्ध विषय पढाउने एकजना भारतीय प्राध्यापक लुम्बिनी बौद्ध विश्वविद्यालयमा नियुक्त हुनेछन्।

समझदारीपत्र तत्कालका लागि पाँच वर्षका लागि कायम रहने भएको छ। पाँच वर्षसम्म भारत सरकारले हरेक वर्ष नयाँ प्राध्यापक खटाउनेछ। ती भारतीय प्राध्यापकले ६ महिना लुम्बिनी बौद्ध विश्वविद्यालयमा एक सेमेस्टर अध्यापन गर्नेछन्।

‘भारत सरकारले तलब सुबिधा दिएर बौद्ध विषयका प्राध्यापक खटाउनेछ। उनले विश्वविद्यालयमा बौद्ध विषयबारे अध्यापनका अतिरिक्त खोज, अनुसन्धान र कार्यालयका काममा समेत सघाउनेछन्’ बज्राचार्यले भने।

एकअर्को मुलुकबीच विश्वविद्यालयमा चेयर स्थापना गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ। नेपालले पनि १० वर्षअघि भारतको काशीस्थित बनारस हिन्दू विश्वविद्यालयमा ‘नेपाल चेयर’ स्थापना गरेको थियो।

दोश्रोः

त्रिभुवन विश्वविद्यालय अन्र्तगतको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसिसिआर) बीच अर्को समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्र अनुशार सिनासमा इन्डियन स्टडिजको पढाई हुनेछ। त्यसका लागि ‘आइसिसिआर चेयर’ स्थापना हुनेछ।

तेश्रोः

काठमाडौ विश्वबिद्यालय (केयु) र आइसिसिआरबीच आइसिसिआर चेयर स्थापनासंबन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्र अनुशार केयुमा इन्डियन स्टडिज अध्ययनका लागि भारत सरकारले भारतीय प्राध्यापक खटाउनेछ।

चौंथोः

काठमाडौ विश्वबिद्यालय (KU) र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, मद्रासबीच अर्को समझदारीपत्रमा हस्ताक्षर भएको छ।

पाँचौः

काठमाडौ विश्वबिद्यालय (KU) र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी), भारतबीच लेटर अफ एग्रिमेन्टमा हस्ताक्षर भएको छ। यसअन्तर्गत केयु र आइआइटीले आइटी बिषयमा स्नातकोत्तर तहको पढाई संयुक्तरुपमा संचालन गर्नेछन्।

छैठौंः

अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणबारे अर्को समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुशार संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण—४ परियोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध–सञ्चालक नन्दलाल शर्माले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

सम्बन्धित पोस्ट
  • स्थानीय तहमा अनियमितता बढेको प्रति राष्ट्रपति चिन्तित, आर्थिक अनुशासनको पालना गर्नुपर्नेमा जोड
  • बाढी, पहिरो र डुबानका कारण देशका १२ जिल्लाका सडक अवरुद्ध
  • सानिमा जनरलको साधारणसभा सम्पन्न, मर्जर का लागि संचालक समितिलाई अख्तियारी
  • वामदेवले गरे नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको दल घोषणा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    स्थानीय तहमा अनियमितता बढेको प्रति राष्ट्रपति चिन्तित, आर्थिक अनुशासनको पालना गर्नुपर्नेमा जोड

    बाढी, पहिरो र डुबानका कारण देशका १२ जिल्लाका सडक अवरुद्ध

    सानिमा जनरलको साधारणसभा सम्पन्न, मर्जर का लागि संचालक समितिलाई अख्तियारी

    वामदेवले गरे नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको दल घोषणा

    उपत्यकामा ११ दिनमा भेटिए हैजाका १२ बिरामी

    पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल रु.१७९ र डिजेल मट्टितेलको रु.१६३ प्रति लिटर कायम

    मन्त्रीमण्डल पुनर्गठनको कुरा प्रति नेकपा एस बाट मन्त्री बनेकाहरु रुष्ट,

    महंगी निकै बढ्यो, एमालेले आन्दोलन गर्ने

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    राजनीतिक दलहरू निर्वाचन केन्द्रित तयारीमा जुट्न थाले , विभिन्न रणनीति बनाउँदै

    Bhetayo App प्रयोग ले जिवन सरल वनाउदै ,App किन र कसरी प्रयोग गर्ने?

    टुडे दैनिक

    महंगी निकै बढ्यो, एमालेले आन्दोलन गर्ने

    आज १४ औ गणतन्त्र दिवस , सैनिक मञ्चमा विभिन्न कार्यक्रम गरि मनाइदै

    भारतीय प्रधानमन्त्री मोदी यही जेठ २ गते नेपाल भ्रमणमा आउने

    आज महाशिवरात्रि आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइदै

    नेपालमा कोरोना विरुद्ध खोप अभियान सुरु भएको १ वर्ष पूरा, ३ करोड डोज लगाइयो

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: nepalm[email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिक डट कमका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2022: टुडे दैनिक डट कम मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑