पुस २८ । नेपाली कांग्रेस पदाधिकारी बैठक सकिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले सभामुख निर्वाचनबारे अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ ।
सभामुख र उपसभामुख निर्वाचनबारे संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरुसँग छलफल गर्ने निर्णय भएको पार्टी सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
पाण्डेले बैठकपछि भने, ‘सभामुख र उपसभामुखमा उम्मेदवारीबारे दलहरुसँग छलफल गरेर निर्णयमा पुग्छौं । सभामुख र उपसभामुख निर्वाचन सन्दर्भमा प्रदेशहरुको हकमा प्रदेश कार्य समितिले निर्णय गर्छ ।’
बैठकले अन्य दलहरुसँग छलफल र समन्वयन गर्ने जिम्मेवारी पार्टी सभापति देउवालाई दिएको छ ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर प्रतिपक्षीमा बस्ने निर्णय गरेपछि चौतर्फी आलोचना सुरु भएको छ । आलोचनाकै बीच देउवाले आज पदाधिकारी बैठक बोलाएका हुन् । सभामुखको निर्वाचन माघ ५ गते हुँदैछ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८