बैशाख १२ । चितवन २ का उम्मेदवार जितनारायण श्रेष्ठले अहिले आएको मतपरिणामबाट जनताले परिवर्तन खोजेको कुरालाई स्वीकार गर्नुपर्ने बताएका छन् । चितनव–२ को उपनिर्वाचनमा रवि लामिछानेलाई जितका लागि बधाई दिएपछि श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले जनताले परिवर्तन खोजिसकेको बताए । अब ठूला दलहरु कि त सच्चिनुपर्ने कि त सक्किनुपर्ने चुनौति दिएको बताए ।
उनले भने,‘जनताले परिवर्तन चाहेको छ ठूला दलमाथि सच्चिनुपर्ने कि सक्किनुपर्ने चुनौती देखियो कुरा हामीले स्वीकार गर्नुपर्छ । अहिले जनताले राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पनि परिवर्तन खोजेको भन्ने कुरालाई बुझेका छौं । अहिले जुन मतपरिणाम आएको छ । संगठनले भन्दा पनि तल्लो तहको दैनिकीसँग जोडिन सक्यौं कि सकेनौं । व्यक्तिगत उम्मेदवार भन्दा पनि राजनीतिक परिवर्तनलाई परिवर्तन गर्नैपर्छ । जनतासँग जोडिनुपर्ने हुन्छ । यो बाट सिक्नुपर्ने छ ।’
उनले उपनिर्वाचनबाट जे परिणाम आएको छ त्यसलाई सहर्ष स्वीकार गरेको बताए ।
उनले भनेका छन्’सबैठाउँको मतपरिणाम हेर्दा सबैले परिवर्तनको आभास खोजेका छन् । आम जनता राष्ट्रिय स्वतन्त्र पार्टीप्रति भन्दा पनि परिवर्तन खोजेका छन् । ठूला दललाई कि त सच्चिनुपर्छ कि त सक्किनुपर्छ भनेर चुनौति दिएको छ । ’
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८