वि.पी भट्ट,सिमरा । समाजवादी पार्टीले बाराको जीतपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा लोकप्रिय नेता सन्तोष कुशुवाहा सहित २३ सयभन्दा बढीले समाजवादी पार्टीमा प्रवेश गरेका छन् । एकिकृत समाजवादी पार्टीले असोज १४–२९ गतेसम्मको लागी देशब्यापी रुपमा सञ्चालन गरेको मेची–महाकाली समाजवादी जागरण अभियान अन्तरगत असोज १८ गते जीतपुरमा र असोज १९ गते अमलेखगञ्जमा आयोजना भएको बृहत कार्यक्रममा सयौं ब्यक्तिहरुले पार्टी प्रवेश गरेका थिए ।
अभियानमा पुर्वप्रधानमन्त्री तथा पार्टीका केन्दिय अध्यक्ष माधव कुमार नेपाल,पुर्वप्रधानमन्त्री तथा बरिष्ठ नेता झलनाथ खनाल,केन्द्रिय उपाध्यक्ष राजेन्द्र पाण्डे,केन्द्रिय महासचिव घनश्याम भुसाल लगायतका केन्द्रिय नेताहरुको सहभागितामा बाराको बिभिन्न स्थानमा कोणसभा आयोजना गरिनुको साथै बृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो ।
सोही कार्यक्रम अन्तरगत बाराको जीतपुरमा आयोजना गरिएको समाजवादी जागरण अभियान तथा पार्टी प्रवेश कार्यक्रम भब्यरुपमा सफल भएको थियो । नेकपा एमाले,नेपाली काँग्रेस,लोसपा,माओवादी केन्द्र,जसपा,राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका बिभिन्न पार्टी परित्याग गरि २३ सय भन्दा बढीले समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।
समाजवादी पार्टीमा युवाहरुको आक्रर्षण बढेकोले पार्टीमा प्रवेश गर्नेको संख्या धेरै हुदाँहुदैं पनि समाजवादी जागरण अभियान कार्यक्रमको लागी समय अभाव हुदाँ धेरै ब्यक्तिहरु छुटेको र आउँदो दिनमा पार्टी प्रवेश कार्यक्रमले अझै ब्यापकता पाउने समाजवादी पार्टीका केन्द्रिय सदस्य हिमाल खरेलले बताए ।
कार्यक्रममा स्वस्फुत रुपमा कुनैपनि पार्टीमा नलागेका स्वतन्त्र ब्यक्तिहरु समेत आई समाजवादी पार्टीमा प्रवेश गरेको पार्टीका पोलिटब्युरो सदस्य तथा बारा जिल्ला ईन्चार्ज दिनेश राईले जानकारी दिए ।
बारा क्षेत्र नं.४ (क)बाट प्रदेशसभा सदस्यमा उमेदवार दिएर पपुलरभोट लिई चर्चामा रहेका प्रदेशसभा सदस्यका प्रत्यासी युवा नेता सन्तोष कुशुवाहा,जीतपुरसिमरा उ.म.न.पा.वडा नं.८ का निर्वतमान वडाअध्यक्ष रामबाबु पटेल,सामाजिक अभियान्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी महिला नेतृ आशा दाहाल,नेपाली काँग्रेस निकट नाई संघ बारा लगायतका बिभिन्न ब्यक्तिहरुले पाटी प्रवेश गरेका थिए ।
समाजवादी पार्टीलाई विश्वास गरेर पार्टीमा समाहित भएकाहरु ब्यक्तिहरु लाई पार्टीले क्षमता अनुसार तत्काल जिम्मेवारी दिने बारा जिल्ला सह–इन्चार्ज तथा बारा क्षेत्र नं.४का संघिय सांसद किसान श्रेष्ठले बताए । कार्यक्रममा बोल्दै सासंद श्रेष्ठले बारामा जन्मको आधारमा नागरिकता प्राप्त गरेकाहरुको छोराछोरीले बर्षो देखि नागरिकता पाउनबाट बन्चित भएको अवस्थामा सामस्या समाधानको लागी समाजवादी पार्टी र आफुले महत्वपुर्ण मत्पुर्ण भुमिका खेलेर संसदबाट नागरिकता विधेक पास गराउनु परेको स्मरण गराए ।
पुर्वप्रधानमन्त्री तथा पार्टीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालले समाजवादी जागरण अभियानले किसानको समस्या,बेरोजगारी समस्या लगायतका देशको बिध्यमान समस्यालाई बुझ्ने,दर्शाउने र त्यसको सामाधानमा पार्टी अग्रसर भएर लाग्ने बताए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८