काठमाण्डौं । २०८० सालको बडादशैं आजबाट सुरु भएको छ । हरेक आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको पर्व दशैँ आजबाट औपचारिक रुपमा सुरु भएको छ । घटस्थापना गरिए सँगै आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिएको छ ।
संसारभरका हिन्दुहरूको महान् चाड नव दुर्गा वा दसैँ हो । बडा दसैंआश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैंघरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।
पूजा कोठा वा दसैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ ।
विजयादशमीको दिन दुर्गालाई चढाएर टीका प्रसाद साथै समृद्धिको प्रतिक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । नव दुर्गाको पहिलो दिन आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएर विजया दशमी हुँदै कोजाग्रत पूर्णिमासम्म रहन्छ । नव दुर्गाको पहिलो दिनलाई घटस्थापना भनिन्छ र यस दिनलाई मातामह श्राद्ध या सोह्रश्राद्धको अन्तिम दिन पनि पर्दछ ।
घटस्थापना भन्नाले कलशसहित नव दुर्गा देवीको स्थापना गरी पूजा, आराधना र उपासना गर्ने, चण्डी वा दुर्गा सप्तशतीको पाठ गरिन्छ । यो नव दुर्गामा २ वर्षदेखि १० वर्षसम्मका ९ जना कन्यालाई नव दुर्गाको स्वरूप हरेक दिन १–१ जना कन्यालाई पूजा गरिन्छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८