१, मंसिर । मंसिर लागेसँगै सुनको भाउ उच्च दरमा बढेको छ । मंसिरको पहिलो दिन नै सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघले शुक्रबारको लागि छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ तोकेको छ । यसैगरी तेजाबी सुनको भाउ प्रतितोला १ लाख १५ हजार रुपैयाँ तोकेको छ ।
तिहारअघिसम्म सुन प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
यसैगरी शुक्रबार चाँदीको भाउ पनि तोलामा ९० रुपैयाँले बढेको छ । तिहारअघिसम्म प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको चाँदीको भाउ शुक्रबार १ हजार ४५० रुपैयाँ पुगेको छ ।
सुन महँगो भएकाले पनि सुनको माग कम भएको व्यवसायीहरु बताउछन्। अहिले सुनको व्यापार विगतका वर्षहरुको तुलनामा आधा घटेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८