काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरासहित आसपासको क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै त्यस क्षेत्रमा चिसो अत्यधिक बढेर जनजीवन नै प्रभावित बनेको छ ।
पाथीभरा धाम ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित छ । यहाँ सामान्यतया हरेक वर्ष यो मौसममा चैतसम्मै बेला बेलामा हिमपात हुने गर्दछ ।
चिसो निकै बढेपछि पाथीभरा जाने तीर्थयात्रुहरुको सङ्ख्यामा पनि कमी आएको छ । पाथीभरा दर्शन र पूजा अर्चना गर्न जाने सीमित सङ्ख्याका तीर्थयात्रीहरू चिसो बढेपछि प्रभावित भएका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८