काठमाडौं । खेलाडी र प्रशिक्षकका रूपमा चार पटक विश्वकप जितेका ब्राजिलियन फुटबल लिजेण्ड मारियो जागालोको ९२ वर्षको उमेरमा निधन भएको छ । जागालो ब्राजिल टोलीमा एक विङ्गर थिए ।
उनले खेलाडीका रुपमा सन् १९५८ र १९६२ मा लगातार विश्व कप जितेका थिए । त्यसपछि उनले पेले, जर्जिन्हो र कार्लोस अल्बर्टोजस्ता महान् खेलाडी सम्मिलित टोलीलाई म्यानेज गर्दै ब्राजिललाई सन् १९७० को विश्वकप जिताएका थिए भने सन् १९९४ मा अल्बर्टो परेराको सहायक प्रशिक्षकको रुपमा उनले अन्तिमपटक विश्वकप जितेका थिए ।
जागालोले सन् १९९८ मा ब्राजिलको नेतृत्व गरे पनि फाइनलमा फ्रान्ससँग नमिठो हार बेहोरेका थिए । उनी खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जित्ने पहिलो खेलाडी हुन् । त्यसयता जर्मनीका फ्रान्ज बेकेनबाउर र फ्रान्सका डिडिएर डेस्च्याम्प्सले पनि यो उपलब्धि हासिल गरेका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८