काठमाडौँ । नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन शुरु भएको छ।
आज (शनिवार) काठमाडौँमा कोशी र बागमती प्रदेशका लागि राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन शुरु भएको हो। अन्य प्रदेशमा भने सर्वसम्मत रूपमा चयन भएको छ। निर्वाचनको बारेमा जानकारी दिँदै नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले नेपाल स्काउटको राष्ट्रिय परिषद् र प्रदेश परिषद्को निर्वाचन १२ वर्षपछि हुन लागेको बताए।
उनले ४–४ वर्षमा हुनुपर्ने निर्वाचन भए पनि विविध कारणले लामो समयसम्म हुन नसकेको पनि बताए। उनले बागमती र कोशी प्रदेशबाहेक अन्य प्रदेशमा सर्वसम्मत निर्वाचित भएको बताए। वागमती र कोशी प्रदेशमा ९ वटा पदका लागि निर्वाचन भइरहेको बताए। उनले ९ वटा पदको निर्वाचनका लागि बागमती प्रदेशमा १ हजार ५ सयभन्दा बढी र कोशी प्रदेशबाट ५५४ जना मतदाता रहेको बताए।
प्रदेश परिषद्हरूमा बागमती र कोशी प्रदेशमा २६–२६ जना निर्वाचित हुनुपर्ने पनि बताए। निर्वाचन समितिका सदस्यसचिव समेत रहेका उनले निर्वाचनपछि राष्ट्रिय परिाषद्को बैठक बसेर राष्ट्रिय परिषद् र प्रदेश परिषद्को बैठक बसेर प्रदेशको कार्यकारी समिति र राष्ट्रिय कार्यकारी समिति गठन हुने बताए।
उनले निर्वाचन निर्बाध शान्तिपूर्ण ढंगले सञ्चालन भइरहेको बताए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८