काठमाडौं । आज विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ। रेडियोको महत्त्व, योगदान र चुनौतीहरूको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ।
नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले वि.सं. २००३ सालमा रेडियोको प्रसारण शुरु गरेको थियो। औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु इतिहास रहेको छ।
हाल सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या देशभर ९ सयको हाराहारीमा रहेको छ भने नियमित रुपमा प्रसारण गर्ने रेडियोको संख्या साढे ७ सयभन्दा बढी रहेको छ।
निजी क्षेत्रको लगानीमा एफ एम रेडियोको प्रसारण २०५२ सालदेखि भएको हो। अहिले विभिन्न सञ्चार माध्यमको विकास भएपनि रेडियोलाई अझै सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८