काठमाडौँ । १७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट भोलि (शुक्रबार) देखि भारतमा सुरु हुँदैछ।
पहिलो खेलमा साबिक विजेता चेन्नई सुपर किंग्स र रोयल च्यालेन्चजर्स बैंग्लोरबीच खेल हुनेछ। यी दुई बिचको खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अनुसार बेलुका सवा ८ बजेबाट सुरु हुनेछ।
बैंग्लोरको कप्तानी विराट कोहलीले गर्नेछन् भने चेन्नईको कप्तानी रुतुराज गायकवाडले गर्नेछन्। रुतुराज बिहीबार मात्रै चेन्नईको कप्तानको जिम्मेवारी पाएका थिए। २००८ देखि कप्तानी गरेका धोनीले रुतुराजलाई चेन्नईको कप्तानी सुम्पिएका थिए।
चेन्नई आइपिएलकै सर्वाधिक टोली हो भने बैंग्लोरले अहिलेलम्म एक पटक पनि उपाधि हात पार्न सकेको छैन। चेन्नईले पाँच पटक उपाधि जित्दा पाँच पटक उपविजेता बनेको छ। २०२३ मा भएको १६औँ संस्करणको आइपिएलको फाइलनमा गुजरात टाइम्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले उपाधि जितेको थियो।
आइपिएलमा चेन्नई र मुम्बई इन्डियन्सले ५(५ पटक उपाधि जित्दा कोलकाता नाइट राइडर्सले २ पटक उपाधि जितेको छ। सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स, डेक्कन चार्जर्स र गुजरात टाइटन्सले एक(एक पटक आइपिएलको उपाधि जितेका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८