काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजार ५ सय ९० जना लाभन्वित भएका छन्।
ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैंकले देशैभरीका सात वटै प्रदेश कार्यालय र सबै शाखा कार्यालयबाट वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो।
यही चैत्र ५ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विक कार्यक्रम सञ्चालन भएको थियो। ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाउँदै आएको हो।
वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैंकको देशैभरीका शाखा कार्यालयहरुले विद्यार्थी, युवा, प्रहरी, कर्मचारी, मजदुर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरुलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंङ्क सम्बन्धी ज्ञान सिकाउने उद्देश्यले वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरेको बैंकको जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८