काठमाडौं। सुनको भाउले बिहीबार (चैत १५ गते) नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख २७ हजार ९०० रुपैयाँ कायम भएको छ।
त्यसैगरी, तेजावी सुन तोलाको १ लाख २७ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि चैत ८ गते छापावाल सुन तोलाको १ लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यसका साथै, तेजावी सुन तोलाको १ लाख २७ हजार २०० रुपैयाँमा कोरोबार भएको थियो।
यता, आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर १५ सय १० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ९० रुपैयाँमा स्थिर रहेको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८