काठमाडौँ। जेष्ठ शुक्ल एकादशी अर्थात् आज निर्जला एकादशी। वैष्णव सम्प्रदायका श्रद्धालुले आँगनको मठमा मंगलबार तुलसीको दल राख्दैछन्।
प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राखिन्छ। यो दिन राखेको दल बेर्ना तयार भएपछि एक आषाढ शुक्ल एकादशीका दिन रोपिन्छ।
वैदिक परम्पराका अनुयायी स्मार्त (स्मृति मान्ने) हरूले सोमबार नै तुलसीको दल राखेका थिए। पञ्चांगहरूले वैष्णव सम्प्रदायका लागि मंगलबार बिहान तुलसीको दल राख्न निर्देश गरेका छन्। यद्यपि एकादशी तिथि पूरै सोमबार नै थियो। मंगलबार सूर्योदयअघि नै द्वादशी लागेको छ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको पूजा गर्ने सनातन हिन्दु धर्मावलम्बीको परम्परा छ। चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।
आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ। तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ। आजको दिन देशभरका नारायणस्थान एवं विष्णु मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८