काठमाडौँ। सौर्य एयरको जहाज दुर्घटनापछि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल खुलेको छ। भर्खरै थाइल्यान्डको बैंककबाट आएको थाइ एयरको जहाज बिमानस्थलमा ल्यान्ड भएको छ।
यसैबीचमा हिमालयन एयरको जहाज पनि ल्यान्ड हुने क्रममा छ। भिस्तारा एयरको जहाज पनि उड्ने तयारीमा रहेको छ। त्यसपछि नयाँ दिल्लीबाट आएको भुटान एयरले ल्याण्ड गर्ने छ।
सौर्यको जहाज बिहान ११ः११ बजे दुर्घटनामा परेपछि बिमानस्थल बन्द थियो। यता आन्तरिकतर्फको उडानको भने टुंगो लागिसकेको छैन।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८