कातिक १ । नेकपा एमालेले देशभर एकै दिन वडा अधिवेशन गर्ने भएको छ । एमालेले यही कात्तिक ६ गते देशभरका ६ हजार ७४५ वडामा अधिवेशन गर्न लागेको हो ।
वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने तयारी रहेको एमालेले जनाएको छ ।
वडा अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव र वडा सद सदस्यहरु चयन हुनेछन् ।
त्यस्तै कात्तिक ९ गते पालिका अधिवेशन हुने तयारी एमालेले गरेको छ । एमालेले ७५३ वटै स्थानीय तहमा ९ गते नै पालिका अधिवेशन गर्ने भएको छ ।
एमालेको १०औं राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा हुँदैछ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८