काठमाडौं। सबैभन्दा बढी रेमिट्यान्स भित्र्याएको कम्पनी आईएमई लिमिटेड सम्मानित भएको छ।
नेपाल राष्ट्र बैंकले आफ्नो ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स कम्पनीहरुमध्ये सबैभन्दा बढी २७.५ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएको थियो।
राष्ट्र बैंकमा आज (शुक्रबार) आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसा पत्र प्रदान गरे। विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधार लगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्याएकोले प्रशंसा पत्र प्रदान गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।
प्रशंसा पत्र ग्रहण गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले यो सम्मानबाट आफ्ना ग्राहकहरूलाई भरपर्दो, सुरक्षित तथा अत्याधुनिक फिनटेक प्रविधिसहितको रेमिट्यान्स सेवा प्रदान गर्न आइएमई थप उत्साहित भएको पनि बताए।
नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा रेमिट्यान्स कम्पनीहरूलाई सम्मानित गर्दै आएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८