काठमाडौं। कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देही स्थित INGA Shopping Complex सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ। सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले शपिङ कम्प्लेक्सको विभिन्न सेवामा छटु पाउने उल्लेख छ।
बैंकका अनुसार कपडाहरु, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी -फुड तथा एफएमसीजी-नन-फुडमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने छ। ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ।
यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको जनाएको छ। हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८