१२ मंसिर । गत असोजमा पारित विधानको धारा ६४ (१) अनुसार केपी शर्मा ओली केन्द्रीय अध्यक्षमा चुनाव लड्न नपाउने भएपछि नेकपा एमालेले रातारात विधान संशोधन गरेर ओलीलाई उम्मेदवार बन्ने बाटो खोलाएको छ ।
गत असोज १५–१७ मा ललितपुरको गोदावरीमा सम्पन्न प्रथम विधान महाधिवेशनले पारित गरेको विधानको धारा ६४ अनुसार केपी ओली अध्यक्षमा उम्मेदवार हुन पाउँदैनन् । एउटै पदमा दुईचोटि पदाधिकारीको उम्मेदवार भइसकेको व्यक्ति सोही पदमा तेस्रोचोटि ‘उम्मेदवार हुन नपाउने’ एमालेको विधानमा व्यवस्था छ ।
नेकपा एमालेको विधान–२०७८ को धारा ६४९१० मा भनिएको छ, ‘पालिका वा सोभन्दा माथिल्लो कमिटीमा पदाधिकारीको हैसियतमा कार्यरत कुनै पनि व्यक्ति एउटै तह र एउटै पदमा दुईपटक भन्दा बढी उम्मेदवार हुन पाउने छैन ।’
एमाले अध्यक्ष ओली आठौँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनेका थिए । माधव नेपालको साथ लिएर चुनाव लडेका उनी त्यसबेला झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका थिए । नवौँ महाधिवेशनमा ओली दोस्रोचोटि अध्यक्षको उम्मेदवार बने र जिते । त्यसबेला उनले माधव नेपाललाई अध्यक्षमा हराएका थिए ।
अहिले दसौँ महाधिवेशनमा ओली तेस्रोपटक सोही पदमा उम्मेदवार बन्दैछन् । तर, दुई महिनाअघि ओलीकै नेतृत्वमा विधान महाधिवेशनबाट पारित विधानले उनलाई तेस्रोचोटि अध्यक्ष पदमा उम्मेदवार बन्न रोक लगायो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८