पुस १। भरतपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।
जहाजको बायाँ इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ।
जहाज अहिले धावन मार्गमा छ। उडान चालकसहित यात्रुहरु सकुशल रहेका छन्। उडान नम्बर ३६० को जहाजमा १७ जना वयस्क, १ जना बच्चा र एक जना नाबालक गरी १९ जना यात्रु सवार थिए।
अर्को जहाजबाट यात्रुहरुलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८