चैत २ । होलीलाई लक्षित गरेर काठमाडौ उपत्यकामा ३५ सय भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ ।
काठमाडौ उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले होलीमा उपत्यकाको शान्ति सु रक्षामा कुनै कमी आउन नदिन तीनवटै जिल्लाका प्रहरीलाई उच्च सतर्कतामा राखिएको जानकारी दिनुभयो ।
काठमाडौमा मात्र १७ सय थप प्रहरी परिचालन गरिने छ । त्यस्तै ललितपुरमा ६ सय भन्दा बढी र भक्तपुरमा ४ सय भन्दा बढी प्रहरी परिचालन गरिने छ ।
उच्छृङ्खल गतिविधि गर्ने, इच्छा विपरीत लोला हान्ने, रङ दल्नेमाथि निगरानी गर्न एक सयभन्दा बढीको संख्यामा प्रहरी परिचालन गरिने छ ।
यसैगरी, ४५ वटा मोबाइल भ्यान, कन्ट्रोल रूम भेकल, करिब १८० क्विक रेस्पोन्ट टिम लगायतको टिम पनि परिचालन हुने जनाइएको छ । प्रत्येक जिल्लाले आ–आफ्नो सुरक्षा योजनासमेत बनाएका छन् । त्यस्तै, तीन सयभन्दा बढी ट्राफिक प्रहरीसमेत सवारी व्यवस्थापन तथा चेकजाँचमा खटिने छन् ।
पारिवारिक रुपमा होली पर्व मनाउन प्रहरीले सबैमा अनुरोधसमेत गरेको छ । होलीको नाममा होहल्ला गर्ने, जबरजस्ती रङ दल्ने, लोला हान्ने जस्ता क्रियाकलाप गरिए नियन्त्रणमा लिएर कारवाही गरिने प्रहरीले जनाएको छ । त्यसरी जबरजस्ती रङ दल्नेलाई अभद्र व्यवहारमा मुद्दा चलाइने छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८