• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Mon, 20, Mar, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

मूल्यवृद्धि नियन्त्रण गर्न राप्रपाको माग, प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझायो

२४१७२ पाठक संख्या

टुडे दैनिक संवाददाताJune 15, 2022 मा प्रकाशित (९ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

असार १ । मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाएका हुन्।
अध्यक्ष लिङ्देनको नेतृत्वमा गएको राप्रपा प्रतिनिधिमण्डलको टोलीले राजनीतिक, समसामयिक र जनजीविकाका विभिन्न २२ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, आन्दोलन परिचालन समितिका संयोजकसमेत रहेका उपाध्यक्ष बुद्धिमान तामाङसहित पदाधिकारीहरू प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्।
यसैबीच राप्रपाले आज ७७ जिल्ला प्रशासन कार्यालयबाट पनि प्रमुख जिल्ला अधिकारीहरूमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका छन्। पछिल्लो समय नेपालमा मूल्यमावृद्धि, महंगी निकै नै बढेको छ । यसको मारमा जनात परेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल सरकार समक्ष पेश गरेका मागहरु:
१) हरेक वर्ष मलको अभाव हुने गरेको र यस वर्ष अहिलेसम्म पनि किसानले मल नपाएकाले किसानलाई तत्काल मल, विउ उपलव्ध गराइयोस् र समयमा मल आपूर्ति व्यवस्था गर्न नसक्ने जिम्मेवार पदाधिकारीलाई कारवाही गरियोस् ।
२) महँगी तथा कालोबजारी नियन्त्रण गरियोस् । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भईरहेको श्रृंखलावद्ध मुल्यवृद्धि अविलम्ब रोकियोस् ।
३) भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चालियोस् । २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानविन गरियोस् । राज्यकोषबाट संचालित सवै निकाय र मन्त्रिपरिषदबाट नीतिगत निर्णयको आवरणमा हुने भ्रष्टाचार समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा समावेश गरियोस् ।
४) राजसंस्थासहित सवै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गरी अभिभावकीय संस्थाको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरियोस् ।
५) केन्द्र र स्थानीय दुई तहको बलियो सरकार कायम राखी देशलाई आर्थिक रुपमा जर्जर अवस्थामा पु¥याउने प्रादेशिक तह खारेज गरियोस् ।
६) मुलुकलाई एउटै निर्वाचन क्षेत्र कायम गरी संसदको निर्वाचन पूर्ण समानुपातिक रुपमा गराइयोस् ।
७) संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरियोस् तथा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र घोषणा गरियोस् ।
८) आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय वनाउनका लागि निष्पक्ष चुनावी सरकार गठन गरियोस् ।
९) नेपालले अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीति प्रतिकूल हुने कुनै पनि सम्झौता नगरियोस् ।
१०) इम्वोस्ड नम्वर प्लेटसँग भाषाको कुरा, सुरक्षाको कुरा, लागतको कुरा, कमिशन र भ्रष्टाचारको कुरा समेत जोडिएकाले यसको खारेज गरियोस । गर्नैपर्ने भए देवनागरी लिपिमा नम्वर प्लेट राख्ने व्यवस्था गरियोस् ।
११) नागरिकको मौलिक अधिकारको रुपमा रहेको शिक्षा र स्वास्थ्य निःशुल्क गरियोस् । वर्षेनी पाठ्यपुस्तकको अभाव हुने समस्या तत्काल समाधान गरी समयमै विद्यार्थीलाई पाठ्यपुस्तक पु¥याउने व्यवस्था सुनिश्चित गरियोस् ।
१२) भूमिहीन तथा घरबारविहीन सुकुम्बासी समस्याको स्थायी समाधान गरियोस् ।
१३) बेरोजगारी समस्याको दीर्घकालीन समाधान गरियोस् । यस क्रममाः कम्तिमा देहायका कार्ययोजना कार्यान्वयन गरियोस्ः
क) वर्षमा कम्तिमा पाँच लाख रोजगारी श्रृजना गर्ने गरी दीर्घकालीन आर्थिक विकास योजना सञ्चालन गरियोस् ।
ख) कम्तिमा एक परिवार एक रोजगार कार्यक्रम कार्यान्वयन गरियोस् ।
ग) रोजगारीको अवसर नपाएकाहरुलाई निश्चित अवधिसम्म वेरोजगार भत्ता उपलव्ध गराइयोस् ।
१४) कहाली लाग्दो व्यापार घाटा नियन्त्रण गर्दै व्यापार सन्तुलन कायम गरियोस् । आयातमुखी अर्थतन्त्रमा सुधार गरी राष्ट्रिय उत्पादन र आय वृद्धिका कार्यक्रम तत्काल सञ्चालन गरियोस् ।
१५) राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्ती पौष २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा घोषणा गरी उक्त दिन सार्वजनिक विदा दिइयोस् ।
१६) देशभरी रहेका ऐतिहासिक व्यक्तिहरुका भत्काइएका शासकहरुको पुनर्निर्माण तथा संरक्षण गरियोस् ।
१७) प्रशासन, न्यायालय, शैक्षिक संस्था, कुटनीतिक नियोग, संवैधानिक अङ्गजस्ता निकायहरूलाई राजनीतिक हस्तक्षेप र प्रभाववाट मुक्त राख्न तथा पार्टीगत आधारमा भागबण्डा, नियुक्ति, सरुवा बढुवा गर्ने कार्यको अन्त्य गरियोस् ।
१८) अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेक फिर्ता लिन कुटनीतिक पहल गरियोस् ।
१९) महिला, वालवालिका तथा दलित समुदायविरुद्ध हुने सवै प्रकारका हिंसा र विभेद अन्त्य गर्न सशक्त कदम चालियोस् ।
२०) विदेशमा रहेका नेपाली नागरिकहरुले आगामी निर्वाचनमै मतदान गर्न पाउने व्यवस्था गरियोस् ।
२१) स्थानीय तहमा लगाएका अव्यावहारिक करहरू तथा तीन तहका सरकारबाट लगाइएका दोहोरो कर तत्काल खारेज गरियोस् ।
२२) वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र निर्माण गरियोस् ।

सम्बन्धित पोस्ट
  • रासायनिक मलमा दिँदै आएको अनुदान यथावत
  • दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन
  • ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै
  • सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    रासायनिक मलमा दिँदै आएको अनुदान यथावत

    ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै

    राष्ट्रपतिको चुनावपछि मात्र प्रधानमन्त्रीले विश्वासको मत लिने

    एमालेका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

    संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

    अभिनेता पल शाह अब केहिबेरमा रिहा हुँदै

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    हरिबोधिनी एकादशी, तुलसी विवाह गरी मनाईदै

    टुडे दैनिक

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    यमपञ्चक को साइत सार्वजनिक, भाइटीका कात्तिक १० गते बिहान ११:३७ बजे

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक वसन्त खतिवडा

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑