असार २२ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।
संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा शर्माले गरेका छन् ।
उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा कुनै त्रुटी नगरेको दाबी गर्दै एउटा होइन, हजार वटा छानबिन समिति सामना गर्न तयार रहेको पनि बताएका छन्।
यसैबीच अर्थमन्त्री जनार्दन शर्माको यति बेला चर्को विरोध भइरहेको छ । उनी अहिले विवादमा परिरहेका छन् । शर्माले भने बजेट निर्माणमा कुनै त्रुटी नगरेको दाबी गरेका छन्।
बुधबार बसेको संसद बैठकमा धारणा राख्दै उनले स्थापित मूल्य र मान्यताकै आधारमा बजेट बनेको प्रतिक्रिया दिएका छन् ।
जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित भएपछि एमालेले राजीनामा माग गर्दै आएको थियो ।
आजै एमालेको माग बमोजिम अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८