काठमाडौं। एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको छ।
मिलानोमा राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २० औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो। इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको हो।
अब सिरी ‘ए’ मा पाँच राउन्डको खेल बाँकी रहँदा शीर्षस्थानमा रहेको इन्टरले दोस्रो स्थानको एसी मिलानलाई १७ अंकले पछि पारेको छ। इन्टरले बाँकी सबै खेलमा हार र मिलानले सबै खेलमा जित निकालेपनि समिकरण भने बदलिने छैन।
इन्टरलाई च्याम्पियन बनाउन फ्रान्सिस्को एसर्वी र मार्कस थुरामले गोल गरे। मिलानका फिकायो तोमारीले एक गोल फर्काए।
खेलका इन्ज्युरी समयमा रातो कार्डको वर्षा भयो। मिलानका थियो हर्नान्डेज र डेभिड क्यालाब्रिया तथा इन्टरका डेन्जेल डम्फ्रिजले रातो कार्ड पाए। थियो र डेन्जेल झगडामा उत्रिएको अवस्थामा रातो कार्ड पाउँदा मिलान कप्तान डेभिड क्यालाव्रिया संलग्न भएपछि उनी पनि रेडकार्डका भागिदार भए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८