बारा
शहरी विकास मन्त्री मेटमणि चौधरीले बारा क्षेत्र नं ४ का किसान श्रेष्ठ निर्वाचन लड्ने निश्चित भईसकेको बताएका छन् ।
सानाकिसान कृषि सहकारी संस्था लि. सिमराको ८ औ वार्षिक साधारण सभा कार्यक्रमका बोल्दै शहरी विकास मन्त्री चौधरीले तनहुँ क्षेत्र नं १ मा रामचन्द्र पौडेल र बारा क्षेत्र नं ४ मा किसान श्रेष्ठ निर्वाचन लडेर दुवैलाई सांसद बनाउने निश्चित भईसकेको बताएका छन् ।
‘किसान श्रेष्ठ बारा क्षेत्र नं ४ वाट चुनाव लड्ने कनर्फम भईसकेको छ अव तपाईहरु प्रचारमा लाग्दा हुन्छ र उहाँलाई जिताउन पर्छ’ मन्त्री चौधरीले भने ‘किसान श्रेष्ठको उम्मेदवारीको पछाडी बारा जिल्लाको भाग्य भविष्य खुल्दै छ, किसान श्रेष्ठ बाराको लागि सौभाग्य हो, उहाँले विकासमा कुनै कमी हुन दिनुहुने छैन्’ मन्त्री चौधरीले निर्वाचित सांसदहरु मध्ये राज्यमा पहुचँ पुर्याउन सक्ने सांसद भए मात्रै त्यो ठाँउको विकास हुने टिप्पणी गरेका छन् ।
‘मान्य किसान श्रेष्ठ आफ्नो ठाँउको विकासका लागि अरुसँग लडाई गर्न, थर्काउन परेपनि कसैसँग डराउनुहुन्न, म मन्त्री छु आफ्नो निर्वाचन क्षेत्रमा ६ अर्व ७ अर्व पैसा लाने हिम्मत गरिरहेको छैन् तर किसान श्रेष्ठले ५ अर्व पैसा चाहिन्छ भन्ने वित्तिकै अर्थमन्त्री पनि डराउनुहुन्छ, प्रधानमन्त्री पनि डराउनुहुन्छ’ मन्त्री चौधरीले भने । कार्यक्रममा बोल्दै पूर्व श्रममन्त्री किसान श्रेष्ठले बारा जिल्लाको विकासका लागि आफुले कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।
मन्त्री श्रेष्ठकै पहलमा शहरी विकास अन्र्तगत बाराको जतिपुरसिमरा उपमहानगरमा मात्रै ५० करोड बजेट परेको भने श्रेष्ठकै पहलमा मलेशियाका लागि फ्रि भिसा, फ्रि टिकटमा ५ सयलाई मलेशिया लैजाने प्रकिया शुरु भएको छ । कायक्रममा बोल्दै पूर्व श्रम मन्त्री श्रेष्ठले एक महिनाको तलव सानाकिसान कृषि सहकारीको भवन निमार्णमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
संस्थाकी अध्यक्ष कमला कुमारी रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुर सिमरा उपमहानगर पालिकाका प्रमुख राजन पौडेल, साना किसान कृषि सहकारी जिल्ला संघ अध्यक्ष मिश्रीलाल सहनी, उपप्रमुख भोला अधिकारीेलगायतको शुभकामना व्यक्त गरेका थिए । वचत गर्ने बानीको विकास गर्नुपर्छ भन्ने सन्देश दिँदै कार्यक्रमको उद्घाटन सत्रमा खुत्रुके वचतको शुरुवात गरिएको ।
कार्यक्रममा उत्कृष्ट्र कारोवार गर्ने सेयर सदस्यहरु, उत्कृष्ट्र वचतकर्ताहरुलाई सम्मान गरिएको थियो । सञ्चार क्षेत्रमा भने उत्कृष्ट्र सञ्चारकर्मीको रुपमा सञ्चारकर्मी उपेन्द्र ठाकुरलाई सम्मान गरिएको छ ।
संस्थाको कारोवार
एक हजार ६ सय ७५ जना शेयर सदस्य रहेको सहकारीमा १० अन्तर समूहका २ सय २३ समूह रहेका छन् । आर्थिक वर्ष २०७८÷०७९मा १ करोड ६८ लाख ३ हजार ९ सय शेयर पूँजि, ४ करोड ६७ लाख ३७ हजार २ सय ४७ रुपयाँ वचत संकलन गरेको संस्थाका अध्यक्ष कमला कुमारी रिमालले जनाएकी छिन् । यस वर्ष संस्थाले ६३ लाख ७९ हजार ८ सय ६६ नाफा आर्जन गर्न सफल भएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८