जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मंगलबार राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनु हुने भएको छ ।
आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रियसभामा जवाफ दिने कार्यसूचि रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसपछि तीन दिन उक्त नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा छलफल भएको थियो ।
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा पनि छलफल भइरहेको छ । छलफलका क्रममा प्रतिपक्ष दलका नेताहरुले सरकारले हालै ल्याएको निती तथा कार्यक्रमको आलोचना गरेका छन् ।
प्रतिनिधिसभामा भने नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८