काठमाडौं । काभ्रेको खानीखोला गाउँपालिकाले सोनाम ल्होछारमा तीन दिन बिदा दिने भएको छ।
गाउँपालिकाले सूचना जारी गर्दै तामाङ समुदायको धार्मिक तथा साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने जनाएको हो।
गाउँपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार मञ्जुश्री संवत् २८६० को अवसरमा माघ २६, २७ र २८ गते सार्वजनिक बिदा दिएको जनाएको छ ।
तीन दिन गाउँपालिका भित्रका सार्वजनिक कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्था बन्द रहने सूचनामा उल्लेख छ।
गाउँपालिकाका अनुसार ल्होछारको अवसर पारेर गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल तामाङ घेदुङ खानीखोलाको आयोजनामा ताम्बा तथा डम्फु प्रतियोगितासहित बृहत ल्होछार साँस्कृतिक कार्यक्रम आयोजना समेत गरिनेछ।
सो गाउँपालिकामा तामाङ समुदायको बाहुल्य रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८