काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ७२ वर्ष पुरा छन्। उनले आज ७३औँ जन्मदिन मनाउँदैछन्।
७३ औं जन्मदिनको पूर्वसन्ध्यामा ओलीले एक भिडियो सन्देशमार्फत यस वर्ष सामान्य रुपमा जन्मदिन मनाउन चाहेको उल्लेख गरेका हुन्।
उनले कसैलाई पनि केक बोकेर नआउन आग्रह समेत गरेका छन्। यसअघि जन्मघर तेह्रथुम पुगेर नेपालको नक्सासहितको केक काटेका ओलीले यस वर्ष भने जन्मदिन धेरै धुमधामसँग नमनाउने बताएका हुन्।
उनले आफूलाई शुभकामना दिन सक्ने तर केक नल्याउन शुभेच्छुकहरूलाई आग्रह गरेका छन्। विक्रम सम्बत् २००७ साल फागुन ११ गते तेह्रथुमको आठराईमा जन्मिएका ओली नेकपा एमालेका अध्यक्ष हुन्। उनी तीन पटकसम्म प्रधानमन्त्री भइसकेका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८