काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैङ्कका अनुसार आज (सोमबार) अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ०१ पैसा रहेको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८७ पैसा र बिक्री दर ८७ रुपैयाँ २७ पैसा रहेको छ । साथै क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०४ पैसा र बिक्री दर ९८ रुपैयाँ ४८ पैसा रहेको छ ।
त्यस्तै, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ८० पैसा र बिक्री दर ८ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३१ पैसा र बिक्री दर ३५ रुपैयाँ ४७ पैसा रहेको छ ।
त्यसैगरी कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको छ । यसैगरी, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ०५ पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा, मलेसियन रिंग्गेट एकको खरिद दर २७ रुपैयाँ ७२ पैसा र बिक्री दर २७ रुपैयाँ ८४ पैसा रहेको छ ।
त्यसैगरी, कुवेती दिनार एकको खरिद दर ४३० रुपैयाँ २७ पैसा र बिक्री दर ४३२ रुपैयाँ २२ पैसा रहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८