काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
आज (सोमबार) बैठक सुरु हुनासाथ आकस्मिक समयमा एमालेको तर्फबाट बोलेका सांसद गोकुल प्रसाद बाँस्कोटाले सरकारले बालकुमारी घटनालगायत समसामयिक विषयहरूमा प्रधानमन्त्री वा गृहमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्नेमा माग गरेका थिए।
उनले भौतिकमन्त्री प्रकाश ज्वाला, नागरिक उड्डयनमन्त्री सुदन किराती र स्वास्थ्यमन्त्री मोहन बस्नेतले राजीनाम दिनुपर्ने या प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग पूरा नभएसम्म सदन अवरोध गर्ने बताए।
सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक-पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८