काठमाडौँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले (१५औं र १६औं) २ आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ। सभा चैत २९ गते सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ।
कम्पनीका शेयरधनीहरुको हात भने रित्तो हुने भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन। सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पेश गर्नेछ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १८ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, चैत १७ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८