काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सको सहायक कम्पनी सन लाइफ क्यापिटलको २ दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
कम्पनीले ‘विश्व वित्तीय सप्ताह–२०२४’ ‘ग्लोबल मनि विक’ को अवसरमा चैत ७ र ८ गते कार्यक्रम गरेको हो। क्यापिटलले बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय चाकुपाट, ललितपुर र श्री मल्पि इन्टरनेस्नल कलेज, चक्रपथ, काठमाडौंमा कार्यक्रम सञ्चालन गरेको थियो।
चैत ७ गते श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराएको कम्पनीले जनाएको छ। साथै, लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, इन्टरनेट लगायत अन्य सामाजिक संजालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे जानकारी दिएको कम्पनीले जनाएको छ।
चैत ८ गते श्री मल्पि इन्टरनेस्नल कलेज चक्रपथ, काठमाडौंमा बिबिए ८ औं सेमेष्टरका विद्यार्थीहरुलाई बिमा क्षेत्र सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उदेश्यले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो। यसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो।
सन लाइफ क्यापिटल धितोपत्र बोर्डबाट स्विकृत प्राप्त मर्चेन्ट बैंकर हो। यसले मर्चेन्ट बैंकिङ्ग व्यवसाय अन्र्तगत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८