काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका केही भूभागमा आइतबार पनि वर्षा हुनेछ।
मौसम पूर्वानुमान महााशाखाका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ। अहिले पनि बागमती र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार राति कोसी, बागती, मधेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८