काठमाडौं। हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। आज पश्चिमी तथा स्थानीय वायुको प्रभावकै कारण मंगलबार बिहान देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही, मधेश प्रदेशका थोरै स्थानमा र बागमती प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
कोशी प्रदेशका थोरै स्थानमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागले राति देशभर आंशिक बदली रहने जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८