काठमाडौं। होलिका दहन (जलेकी) अगेना कुण्ड जहाँ विश्वभरको होली पर्व (फागु पूर्णिमा) को सुरूवात गर्दा चिर गाडेर होलीको कार्यक्रम सुरूवात गर्नुपर्ने स्थान हो।
नरसिंह अवतार धारण गरी हिरण्यकशिपु नामक दैत्यको वध गरिएको स्थाल, श्री सुन्दरीदेवी मन्दिर आगिञ्चोक, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ धादिङ्गमा पर्दछ। साथै परम्परागत रूपमा आगिञ्चोक भन्दा केही तलको स्थानमा अवस्थित धादिङ्गको सल्यानटारमा लाखौं बर्ष पहिला नरसिंह अवतार हुने क्रममा भगवान विष्णुले लुकाउनु भएको शेषनागको शरीर (अस्थिपञ्जर) को रूपमा रहेको मानिन्छ।
त्यसैगरी, त्रेतायुगमा भक्त प्रल्हादलाई मार्न खोज्दा होलिका अग्निकुण्डमा आफैं जलेको सत्यवादी प्रल्हाद केही नभएको धार्मिक कथा स्थल तत्कालिन आगिञ्चोक गाविसमा पर्ने हाल त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ स्फटिक खम्बा क्षेत्रमा रहेको आगिञ्चोकमा होलि (फागु पुर्णिमा) को दिन होलिका दहन (जलाईएको) गरिएको छ।
हिन्दु धर्मका राक्षस हिरण्यकश्यपुकी बहिनी होलिकालाई जलाएर आइतबार तीनदिने नरसिंह पुराण समेत बाचन गरिएको थियो।
आगिञ्चोक फटिकको खम्बा क्षेत्रमा रहेको आगिञ्चोकमा असत्यको अन्त्य र सत्यको जित भन्दै पौराणिक मान्यता अनुसार भक्तप्रल्हाद जलाउन खोज्दा आफैँ जलेकी होलिका (फागु पुर्णिमा) को सम्झना गर्दै पुराण अनुसार होलिका जलेकै स्थानमा यज्ञ गरेर होलिका (फागु पुर्णिमा) को दहन गरिएको हो। होलिका आगोमा जलेर नष्ट भएको र सोही जलेको खरानी लगाएर रमाइलो गरेको उपलक्षमा होलि खेलिने भएकोले हालको आगिञ्चोकमा स्थानीय बासीले तीन दिनसम्म नरसिंह पुराण बाचन गरी लाखबत्ती समेत बालिएको छ।
गत आइतबार १ लाख होम गरेर भक्तप्रल्हादका फुपु होलिकाको प्रतिमा बनाइ जलाइएको स्पटिक खम्बा संरक्षण समितिले जनाएको छ।
सो तीनदिने होम, लाखबत्ती तथा पुराण कार्यक्रमको उद्घाटन संबिधानसभा सदस्य पुष्पविक्रम मल्लेले गरेका थिए भने समापन प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीले गरेका थिए।
पुर्खाहरुले सो स्थानमा वर्षौँदेखि होम गर्दै होलिका (फागु पुर्णिमा) दहन दिवस समेत मनाउने गरेको पाइन्छ। स्थानीय सरकारको समेत अग्रसरतामा सो क्षेत्रको संरक्षण र सम्बर्द्धनका लागि तत्पर भई होलिका दहन थानलाई संरक्षण गर्ने अभियान नै सञ्चालन गरिएको छ।पुरानो अवस्थामै राख्नु स्थानीय सरकारले स्फटिक खम्बा क्षेत्रलाई संरक्षणका लागि आवश्यक कार्य सुरू गरेको अवस्था छ।
होलिका जलेको र रामभक्त भक्तप्रल्हादलाई केही नभएको हिन्दु कथा अनुसार सँधैझै आइतबार होली मनाइएको छ। ऐतिहासिक र धार्मिक रुपले अति महत्वराख्ने स्फटिक खम्बा क्षेत्रको धार्मिक रुपले धेरै नै महत्व भएको संरक्षण अभियानमा लागेका सामाजिक अभियान्त वासुदेव डल्लाकोटीले जानकारी दिए। धादिङबेसीबाट ३० किलोमिटर उत्तरतर्फ पर्ने स्फटिक खम्बा क्षेत्रमा त्रेता युगमा राक्षस हिरण्यकस्यपुलाई नरसिंह अवतार प्रकट भइ मारेको स्थान रहेको छ।
सोही स्थानमा राक्षसका छोरा भक्तप्रल्हादले तपस्या गरेको गुफा समेत रहेको पाइन्छ। ठूलो सुरुङ क्षेत्रमा तपस्या गरेर भगवान भक्त भएपछि राक्षसहरुले भक्तप्रल्हादलाई पटक पटक मार्न खोजेको र मार्न नसकेको पौराणिक कथामा उल्लेख गरेको पाइन्छ। यहाँ हिरण्यकस्यपुको दरबार रहेको र सो नजिक नै आगिञ्चोक रहको छ।
पछि सोही स्थानमा घले राजाहरुले राज्य संचालन गरेको भग्नावशेश अझैसम्म देख्न सकिन्छ भने त्यसपछि पृथ्वीनारायण शाहले नेपाल एकिकरणको समयमा घलेराजाहरुलाई लखेटेपछि दरबार भग्नावशेसमा परिणत भएको तथ्य रहेकोले वडाले पालिकासंग सहकार्य गरेर संरक्षणमा लागेको वडा अध्यक्ष हरी विश्वकर्माले बताए।
यसैलाई आधार मानेर नृसिंह अवतार मानिएको नृसिंहको विशाल मुर्ति सहितको धाम त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारको बुढी गण्डकी र नेत्रावती नदी संगम स्थलमा बनाइएको छ।
(फाेटाे: बासुदेब डल्लाकाेटी)
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८