काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ३० गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ।
सभा बनेपा पार्टी भेन्यु, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ। यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश भने नदिने जनाएको छ। सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल समेत हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। यसका साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।
सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत २१ गते बुक क्लोज गर्ने जनाएको छ। तसर्थ, चैत २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता हुन सक्नेछन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८