काठमाडौँ । नेपाल विधुत प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहलाई बक्यौता विधुत महसुल भुक्तानी गर्न आग्रह गरेको छ।
प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापतको ६ अर्ब रुपैयाँ भुक्तानी नगरेको भन्दै तत्काल उक्त रकम तिर्न भनेको हो।
‘रीतपूर्वक सडक बत्तीको ग्राहक नबन्ने, बक्यौता महशुल समर्थन नगर्ने, महशुल नतिर्ने र बिनामिटर नेपाल विधुत प्राधिकरणको स्वीकृति नलिई अनधिकृत तवरबाट सडक बत्ती जडान गरी प्रयोग गर्ने स्थानीय तहको सडक बत्ती र कार्यालयको समेत विधुत लाइन जुनसुकै बेला काटिन सक्ने ब्यहोरा यसै सूचनामार्फत जानकारी गराइन्छ,’ प्राधिकरणको प्रकाशित सूचनामा उल्लेख गरिएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८