काठमाडौं। नारायणी डेभलपमेन्ट बैंकले २२ औं वार्षिक साधारण सभा आगामी वैशाख १८ गते बोलाएको छ।
बैंकको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले चितवन टाँडीमा रहेको होटल स्टार चितवनमा आगामी वैशाख १८ गते बिहान ११ः३० बजेबाट सभा सुरु हुनेछ।
यता, बैंक सञ्चालक समितिले गत आर्थिक वर्षका लागि कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको छ। लाभांश वितरण सम्बन्धी एजेन्डा छैन। सभामा बैंकले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ।
साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ।
बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने एजेन्डा पनि छ। अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ। सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि छ।
सभामा आ. व. २०८०/८१ का लागि लेखापरीक्षकमा नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८