काठमाडौँ । एभरेस्ट भलिबल क्लब आज (मंगलवार) आठौँ आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ सेमिफाइनल प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार नेपाल पुलिस क्लबसँग ३–२ ले पराजित भएता पनि एभरेष्ट सेमिफाइनलमा पुगेको हो। समूह ‘ए’ को एभरेस्टले तीन खेलबाट सात अंक जोडेपछि सेमिफाइनल यात्राका लागि पर्याप्त भएको हो। अनुभवी अरुणासहित उत्कृष्ट भारतीय खेलाडीको साथ पाएको एभरेस्टले पहिलो सेट २७–२५ ले आफ्नो हातमा पा¥यो। तर, पुलिसले दोस्रो सेटमा २५–१८ को जित हात पार्दै पुनरागमन ग¥यो। यद्यपि एभरेस्टले तेस्रो सेटमा २५–१६ ले आफ्नो बनाउँदै पुनः अग्रता लियो।
प्रतिष्पर्धात्मक चौथो सेट पुलिसले २७–२५ ले जित्यो । त्यससँगै खेल पाँचौं सेटसम्म लम्बियो। पाँचौं तथा निर्णायक सेट पुलिसले १५–९ को सफलता प्राप्त गर्दै जित निकाल्यो। यो समूहमा एभरेस्ट र गत संस्करणको विजेता पुलिससहित कर्णाली र त्रिभुवन आर्मी क्लब रहेका छन्। अब बुधवार पुलिस र त्रिभुवन आर्मी क्लवबीच खेल हुनेछ । यो खेलले समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीका साथै समूह विजेता र उपिवेजा टुङ्गो लाग्नेछ।
मंगलबार नै आर्मीले कर्णाली प्रदेशलाई २५–१६,२५–२३, २५–७ ले हरायो। यसअघि एभरेष्टले कर्णाली प्रदेशलाई २५–१२, २५–७, २५–११ तथा आर्मीलाई २४–२६, २५–१७, २५– १९, २५–२२ ले पराजित गरेको थियो । पुलिसले पनि कर्णालीलाई २५– १२, २५–६, २५–८ ले हराएको थियो।
महिलामा कुल सात टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल यात्रा तय गर्नेछन्। पुरुषतर्फ एपिएफ समूह विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। एपिएफले मंगलबार सुदूरपश्चिम प्रदेशमाथि ३–२ सेटको रोमाञ्चक जित निकाल्यो ।
यो जित एपिएफलाई उपविजेताका रूपमा क्वार्टरफाइनल पुग्न पर्याप्त बन्यो। समूह ‘बी’ मा एपिएफले दुई खेलमा पाँच अंक जोड्यो। समान खेलमा सुदूरपश्चिमको चार अंक छ । सुदूरपश्चिमले सुरुआती चरणमा दुई सेट २४–२६, १९–२५ ले गुमाएको थियो। त्यसपछिका दुई सेट एपिएफले २८–२६, २५–२२, १५–१३ ले आफ्नो पक्षमा पार्दै जित निकाल्यो। मंगलवार नै साविक विजेता हेल्प नेपाल स्पोर्टस क्लबले ढोरपाटन स्पोर्टस क्लबलाई २५–१८, २५–१५,२५–१४ ले पराजित गर्र्यो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८