ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विसं २०७२ को भूकम्पले भत्किएका एक सय ५० पाटी पौवा पुनःनिर्माण गरिएको जानकारी दिएका छन्।
विश्वसम्पदा दिवसको अवसरमा आज उनले ललितपुरको सम्पत्ति नै सम्पदा भएको बताए। यसको संरक्षणका लागि महानगर सधैँ सक्रिय रहेको र वर्षौदेखि रोकिएका प्राचीन जात्रालाई निरन्तरता दिन थालिएको उनले दावी गरे। विश्वसम्पदा जोगाउन ललितपुर महानगरपालिकाले शून्य सहनशीलताको सिद्धान्त अपनाउँदै आएको बताए।
विश्वसम्पदा दिवसकै सन्दर्भमा पाटनमा कलाकार मनिषलाल श्रेष्ठले बनाएको एक हजार तीन सय ३६ मिटर लामो धागोका प्रतिस्थापन कला प्रदर्शनी गरिएको थियो। उक्त रङ्गीन धागो महानगर प्रमुख चिरीबाबु महर्जनले शरीरमा बेरेर दिवस उद्घाटन गरे।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८