काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी प्रमुखका लागि आवेदन माग गरेको छ। शुक्रबार सूचना निकालेर बैंकले प्रमुख कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान गरेको हो।
आवेदवन दिन व्यवथापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखा शास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ।
यस्तै चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्रााष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनु पर्नेछ।
दरखास्त दिने व्यक्तिले बढीमा ५ हजार शब्दमा व्यावसायिक कार्ययोजनासमेत पेश गर्नुपर्ने जनाइएको छ। इच्छुक योग्य व्यक्तिले २१ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, सिंहदरबार प्लाजा, काठमाडौँमा रहेको सञ्चालक समितिको सचिवालयमा दरखास्त दिनसक्ने बैंकले निकालेको सूचनामा उल्लेख छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८