काठमाडौं। लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम वैशाख २० गतेसम्म जारी रहनेछ।
महाशाखाले आगामी केही दिनसम्म देशभरको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेको बताएको छ।
मौसमविका अनुसार तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताएका छन्। यो वर्ष हालसम्म सबैभन्दा बढी भैरहवामा वैशाख ८ गते ४३.६ डिग्री तापक्रम मापन भएको छ।
तराईका ती भूभागमा आजदेखि यही वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना छ’, विभागको सूचनामा भनिएको छ’, ‘साथै पहाडी भूभागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना छ।’
यसको असरबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८