भदौ ९ । पछिल्लो २४ घण्टामा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १ हजार ७८१ जना निको भएका छन् ।१५ हजार २९० परीक्षण भएकोमा काठमाडौंमा ५१५ जना सहित उपत्यकामा ७४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोनाभाइरस संक्रमणबाट आज एकैदिन थप ४४ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत गरेर थप ४४ जनाको कोरोनाबाट मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८६३ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८१ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म १० हजार ६१२ जनाको मृत्यु भएको छ । यता अरुदिन भन्दा आज कोरोनाबाट एकाएक ठुलो संख्यामा संक्रमितहरुको ज्यान गएको छ । पछिल्लो समय मृत्युदर र संक्रमणदर बढ्दै जान थालेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८