Today Dainik
राष्ट्रपति निर्वाचनबारे प्रधानमन्त्री सँग ओलीको छलफल
Today Dainik

माघ २४ । आसन्न राष्ट्रपति पदको निर्वाचन तयारीका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवाचलयले जनाएको छ । त्यसक्रममा ओलीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन नसक्ने भन्दै एमालेका उमेदवारलाई निर्वाचित गराउनका लागि अभियान थाल्नुपर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले भने सकेसम्म एमालेकै वा अरू जोसुकै भए पनि राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएको स्रोतले जनाएको छ । सोमबार पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्ने