काठमाडौं। आज (सोमबार) सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेर १ लाख ३७ हजार ५०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। यता, आज सोमबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १७ सय १५ रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार चाँदीको भाउ प्रतितोला १७ सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८