काठमाडौँ। सरकारले ४० बुँदे माग पूरा नगरेको भन्दै राप्रपाले चैत २७ गते काठमाडौंको भद्रकाली क्षेत्रमा प्रदर्शन गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ।
राप्रपाको मधुवन नगरपालिकाका अध्यक्ष समेत रहेका डाँगीको काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा सोमबार बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।
श्रेष्ठका अनुसार डाँगीको शवलाई सोमबार श्रद्धान्जलीको लागि धुम्बाराहिस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ। त्यसपश्चात डाँगीको शवलाई उनको गृहजिल्ला बर्दिया लगिने र मंगलबार दाहसंस्कार गरिने श्रेष्ठले जानकारी दिए।
डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित थिए। प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले डाँगीको स्वास्थ्यमा धेरै समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८