आज असार १ गते सात वटैै प्रदेशहरुले बजेट ल्याउदै
काठमाडौं , असार १ । मुलुकका सात वटैै प्रदेशहरुले आज बजेट ल्याउदैछ । असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक कारणले कोरोना महामारी बिच पनि प्रदेश सरकारले बजेटको काम सकाएका छन् ।
धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन सकेका छैनन् । आन्तरिक स्रोत सुदृढ पार्न नसकेका प्रदेश सरकारहरू यो वर्ष बजेट बढाउन असमर्थ हुने सम्भावना छ ।
प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८र७९ का लागि कोरोना महामारीलाई केन्द्रित गरेर करिब साढे ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश २ ले यही वर्षको हाराहारीमा ३३ अर्ब आसपासको बजेट ल्याँउदैछ ।
बागमती प्रदेशले ५५ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । चार दिन अघिमात्रै सत्ता फेरिएको गण्डकी प्रदेशमा ३२ अर्ब हाराहारीको बजेट ल्याउने तयारी छ ।
लुम्बिनी प्रदेश सरकारले ३९ अर्ब हाराहारीको बजेट ल्याउँदैछ । कर्णाली प्रदेश र सुदुपश्चिम प्रदेशले करिब ३० अर्बको हाराहारीमा बजेट ल्याउने बुझिएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८